स्पाइडर म्यानका परिकल्पनाकार अमेरिकी लेखक स्ट्यान लीको निधन



काठमाण्डौ । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । लस एन्जलसस्थित सिडर-साइनाई मेडिकल सेन्टरमा उनको निधन भएको हो ।

पछिल्ला वर्ष उनलाई निमोनियासहितका विभिन्न रोगले ग्रस्त बनाएको थियो । उनी अमेरिकाका लेजेन्ड लेखक, प्रकाशक तथा सम्पादक थिए ।

जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका लीलाई विश्वभरका कमिक बुक लभरले मनपराउँछन् ।उनले सिर्जना गरेका धेरै पात्र हलिउडका सफल पात्र र चलचित्र बनेका छन् ।

स्पाइडर म्यान, हल्क, ब्ल्याक प्यान्थर, द एक्स–म्यान, द माइटी थोर र आइरन म्यानसहितका जीवन्त पात्रको सिर्जना उनले गरेका हुन् । रोमानियाबाट अमेरिका बसाईँ सरेका यहुदी परिवारमा लीको सन् १९२२ मा जन्म भएको हो । (एजेन्सीहरुबाट)


क्लिकमान्डु