सिंगल डेको कारोबार ३० अर्ब डलर, नेपालमा भएन सफल



चिनियाँ इकमर्श कम्पनी अलीबाबा ग्रुपले आइतबार सिंगल डे को बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । २४ घण्टामा विश्वभरका मानिसले निकै नै खरिद गरेका थिए ।

सेलको पहिलो घण्टामा १० अर्ब डलरको बिक्री भएको थियो । १ अर्ब डलर कमाई केवल ८२ सेकेण्डमा भएको थियो । त्यो दिन ३० अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो भनेको नेपाली अर्थतन्त्रको आकार बराबर हो ।

चीनमा हरेक वर्ष नोबेम्बर ११ तारिकलाई सिंगल डे रुपमा मनाइन्छ । यो दिन चिनियाँ इकमर्श कम्पनी अलीबाबाले सिंगल डे सेलको आयोजना गर्छ ।

अलीबाबा विश्वको सबैभन्दा ठूलो इकमर्श कम्पनी हो । सिंगल डे विश्वको सबैभन्दा ठूलो अनलाइन सेल्स इभेन्ट हो । अमेरिकी सपिङ होलिडे ब्याक फ्राइडे र साइबर मन्डेलाई मिलाएर हुने कारोबारभन्दा बढी कारोबार सिंगल डे मा हुने गरेको छ ।

चीनमा सन् २००९ देखि नोबेम्बर ११ लाई अविवाहितहरुले सिंगल डेको रुपमा मनाउने गर्छ । जोडी नहुँने युवाहरुले मनाएको पर्व अब विश्वको सबैभन्दा ठूलो सपिङ गर्ने दिनको रुपमा परिणत भएको छ । प्रेमी तथा प्रेमिका नहुँने चिनियाँ युवाहरुले भ्यालेन्टाइन डेलाई काउन्टर दिनको लागि मनाएको पर्व किनमेल गर्ने दिनको रुपमा परिणत भएको छ ।

सन् २०१७ मा सिंगल डे मा एक घण्टामा ८.१९ अर्ब डलरको बिक्री भएको थियो । यो वर्ष सुरुवाती एक घण्टामा यो बिक्रीदर २१ प्रतिशतले बढेर ९.९२ प्रतिशत भएको थियो । २४ घण्टामा ३० अर्ब डलरको बिक्री भयो । यो बिक्रीको महाकुम्भ मेलामा १ लाख ८० हजार ब्राण्डले हिस्सा लिएका थिए ।

नेपालमा पनि अलीबाबाले दराजडटकमलाई खरिद गरेर सिंगल डे मनाएको थियो । तर,नेपालमा दराजले बिक्रीका लागि राखेका सामाग्रीको मूल्य निकै नै महंगो थियो । नेपालमा यो सफल भने हुन सकेन ।


क्लिकमान्डु