भारतका संसदीय कार्य मन्त्री अनन्तकुमारको निधन



काठमाण्डौ । भारतका संसदीय कार्य मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित कुमारको बैंगलौरस्थित एक निजी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री बनेका थिए भने सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बनेका थिए । उनको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्द र प्रधानमनन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।


क्लिकमान्डु