स्मार्ट टेलिकमको डबल डाटा अफर, रिचार्ज गर्दा पनि डाटा उपहार



काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

अब स्मार्टको कुनै पनि डाटा प्याक खरिद गर्दा ग्राहकले डबल डाटा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ५ सय एमबी, १ जिबी, २ जिबी र ५ जिबी डाटा प्याक खरिद गर्दा सोही अनुसार थप दोब्बर डाटा उपलब्ध गराउने भएको हो । कम्पनीले उक्त योजना रिचार्ज कार्डको खरिदमा पनि लागू गरेको छ ।

अब हरेक रिचार्जमा अतिरिक्त डाटा प्राप्त गर्न सकिन्छ । २०० एम बि देखि ३ जिबी सम्म रिचार्ज मार्फत अतिरिक्त डाटा पाइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार १ सय को रिचार्ज गर्दा, ग्राहकलाई ९८ दशमलव ४ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने २ सय एमबी, २ सय एमबी डाटा, १० मिनेट टकटाइम र १० वटा एस एम एस को थप लाभ पाइने छ ।

त्यसैगरी २ सय को रिचार्ज गर्दा १ सय ९६.८ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने ४ सय एमबी ४ सय एमबी डाटा, २० मिनेट टकटाइम र २० वटा एसएमएस को थप लाभ पाइने छ भने ५ सय को रिचार्ज गर्दा ४ सय ९० दशमलव २० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने १.५ जिबी, १.५ जिबी डाटा, १०० मिनेट टकटाइम र १०० वटा एस एम एस को थप लाभ पाइने छ ।

त्यस्तै १००० को रिचार्ज गर्दा ९८०।४० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने ३ जिबी, ३ जिबी डाटा, २०० मिनेट टकटाइम र २०० वटा एस एम एस को थप लाभ पाइने छ । कम्पनीले यो योजना स्मार्टको फ्रिडम क्याम्पेन अन्तर्गत प्रस्तुत गरेको हो ।


क्लिकमान्डु