प्रदेश ३ को स्थायी राजधानी र नाम छिट्टै टुङ्गो लाग्ने



काठमाण्डौ । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने छ ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

हेटाँैडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।


क्लिकमान्डु