गार्मेन्ट व्यवसायमा योगगुरु रामदेवको इन्ट्री, जिन्सको पाइन्ट ११ सय भारुमा पाइने



योग गुरु बाबा रामदेवको कम्पनी पतन्जलीले कपडा व्यवसायमा प्रवेश गरेका छन् ।

धनतेरसको अवसमार ‘पतन्जली परिधान’को पहिलो शोरुमको उद्घाटन योग गुरु रामदेव गरे । नयाँ दिल्लीको नेताजी शुभाष प्लेसमा आयोजित उद्घाटन समारोहमा फिल्म निर्देशक मधुर भंडारकरदेखि अन्य सेलिब्रेटीहरुको उपस्थिती थियो ।

रामदेवका अनुसार डिसेम्बरसम्ममा भारतभर २५ वटा नयाँ स्टोर खुल्ने छन् । पंतन्जली परिधान स्टोरमा आधुनिक पोशाकदेखि लिएर गहनाहरुसम्म पाइने छ ।

स्टोरमा जिन्सको पाइन्ट ११ सय भारुमा पाइन्छ । रामदेवका अुनसार दिवावलीको अवसरमा २५ प्रतिशत छुट छ । कम्पनीम ३ हजारभन्दा बढी भेराइटीका कपडाहरु पाइने छ ।


क्लिकमान्डु