वाम बुद्धिजीवी तुलाधरको ७८ वर्षको उमेरमा निधन



काठमाडौँ । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिए ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।

उनी पत्रकार तथा साहित्यकार पनि हुन् । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।


क्लिकमान्डु