राष्ट्र बैंकमा थपिए ४३ जना नयाँ अधिकृत (नामावली सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी थपिएका छन् । राष्ट्र बैंकले नयाँ कर्मचारीको रुपमा ४३ जना अधिकृत भित्र्याएको हो ।

राष्ट्र बैंकले अधिकृत तहमा ४५ जना नयाँ कर्मचारी लिन चाहेको थियो । सोमध्ये २५ जना खुल्लातर्फबाट, ७ जना महिला, ५ जना आदिवासी जनजाति, ४ जना मधेशी, २ जना दलित, १ जना अपांग र १ जना पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धा गराएर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको थियो ।

सोमध्ये दलित कोटामा १ जना मात्रै पास भएका र खुल्ला तर्फ नाम निकालेका एक जनाले नियुक्ति लिन नआएका राष्ट्र बैंकले जानकारी दिएको छ । यसो गर्दा राष्ट्र बैंकले ४५ जना अधिकृत थप्ने भनेको भएपनि जम्मा ४३ जना मात्रै थपिएका छन् ।

यी हुन् थपिएका नयाँ अधिकृतहरु ।

 


क्लिकमान्डु