क्यानडामा छलफलः विश्व व्यापार संगठनलाई कसरी सुधार गर्ने ?



ओट्टावा । १२ वटा देशका व्यापार सम्बन्धी मन्त्री र युरोपेली युनियनका सदस्य राष्ट्रहरुबीच विश्व व्यापार संगठन (डब्लुटिओ) लाई कसरी सुधार गर्ने विषयमा क्यानाडामा छलफल भएको छ ।

क्यानाडाले आतिथ्य गरेको यस छलफलको बन्द सत्रमा क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मन्त्री जिम कारले व्यापारका क्षेत्रमा उत्पन्न तनावलाई मत्थर पार्न र डब्लुटिओलाई थप गतिशिल बनाउन तत्काल गर्नुपर्ने तीन ओटा विषयलाई जोड दिए ।

उनले भने– डब्लुटिओ मार्फत विवाद समाधान, सम्झौता र यसको प्रभावकारिताका विषयमा मुख्य रुपमा छलफल केन्द्रित गर्नु आवश्यक छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको बहुपक्षीय व्यापार प्रणालीको महत्वपूर्ण निकायका रुपमा स्थापित डब्लुटिओको कार्यशैलीका बारेमा आलोचना गरेसँगै सदस्य राष्ट्रबीच यस विश्व संस्थाको भविष्यलाई लिएर तनाव बढेको छ ।

डब्लुटिओको सुधारको विषयमा यी सदस्यहरु विश्वमा ठूलो अर्थतन्त्र भएका दुई ओटा देश चीन र अमेरिका वार्तामा आउने आशामा रहेका छन् ।

तर अमेरिका र चीनलाई वार्तामा ल्याउन कुनै समयसीमा भने तोकिएको छैन । रासस÷सिन्ह्वा


क्लिकमान्डु