बीमा समितिमा जागिर खुल्यो, विभिन्न पदमा १६ जना कर्मचारी माग
काठमाडौं । तपाईँ जागिरको अवसर खोजी रहनु भएको छ भने बीमा समितिमा रोजगारीको अवसर खुलेको छ । बीमा समितिले विभिन्न पदमा १६ जना कर्मचारी माग गरेको छ । समितिले खुला\समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाद्धारा ती पदमा कर्मचारी नियुक्त गर्ने जनाएको छ ।
समितिले प्रशासन निर्देशक पदका लागि १ जना, प्रशासन उपनिर्देशक पदमा १ जना, प्रशासन सहायक निर्देशकका लागि १ जना, कानून उपनिर्देशकमा १ जना, लेखा अन्तर्गत चार्टर्ड एकाउन्टेण्टका लागि महिला तर्फ १ जना र पुरुष तर्फ एक जना कर्मचारी माग गरेको छ ।
त्यसैगरी प्रशासन सहायक निर्देशकका लागि खुल्ला तर्फ २, महिला तर्फ १, मधेसी तर्फ १, दलित तर्फ १ जना, कानुन सहायक निर्देशकका लागि खुल्ला तर्फ १, महिला १ र दलित १ जना, प्रशासन सहायक प्रमुखका लागि खुल्ला १ र दलित तर्फ १ जना माग गरिएको छ ।
४० देखि ४५ वर्ष ननाघेका योग्य उम्मेदवारले ती पदमा आवेदन दिन सक्नेछन् । इच्छुकले मंसिर ८ गतेसम्म आवेदन फारम भर्न पाउने छन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट आवश्यक विषय अनुसार शैक्षिक योग्यता प्राप्त गरेकाले रोजगारका लागि आवेदन दिन सक्ने छन् ।
आवेदकले बीमा समिति, मानव संशाधन शाखा, ललितपुरमा आवेदन दिन सक्ने छन् । आवेदनका लागि www.nib.gov.np बाट दरखास्त फारम तथा पाठ्यक्रम वेभसाइट डाउनलोड गरी भर्न सकिने छ ।
अधिकृत स्तर प्रथम श्रेणीको हकमा १५ सय, अधिकृत श्रेणीको हकमा १२ सय, तृतीय श्रेणीको हकमा १ हजार र सहायक पदको हकमा ४ सय रुपैयाँ फारम शुल्क लाग्नेछ ।