नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबिच डिजिटल भुक्तानीका लागि सम्झौता



काठमाडौं ।  नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल बङ्गलादेशबैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात नेपाल बङ्गलादेशबैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु