कात्तिक १२ गते कामदार निःशुल्क लैजानेबारे नेपाल-मलेसियाबीच समझदारीपत्रमा हस्ताक्षर हुने



काठमाण्डौ । नेपाली कामदार निःशुल्क लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरसँगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ ।

समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री कात्तिक ११ गते काठमाडौं आउने तय भएको छ ।

बिचौलिया संयन्त्रका कारण भिसा प्रक्रियामै कामदार ठगिएपछि श्रम मन्त्री गोकर्ण बिष्टले केही महिनादेखि नेपाली कामदार मलेसिया जान रोक लगाएका छन् । कामदार नै रोकिएपछि मलेसिया भिसा प्रक्रिया निःशुल्क बनाउन सहमत भएको छ ।


क्लिकमान्डु