दशैंमा सस्तो प्लेनको टिकट चाहियो, यस्तो छ अप्सन



काठमाडौं काठमाडौंबाट बाहिर जाने प्लेनको टिकट अहिले पाउन मुस्किल नै पर्छ । पाएमा पनि अत्याधिक महंगो ।

काठमाडौंबाट दशैं मनाउनको लागि करिब १५ देखि २० लाख मानिसले उपत्यका छाड्ने गर्छन् । पेशा व्यवसाय तथा अध्ययनका लागि आएकाहरु दशैं मनाउनको लागि घर गएका हुन्छन् ।

तर,पछिल्ला वर्षमा उपत्यका बाहिरबाट काठमाडौं नै दशैं मनाउन आउनेको संख्या समेत बढेको छ । परिवारका धेरै सदस्य काठमाडौंमा बस्ने भएको हुँदा उपत्यका बाहिरबाट काठमाडौं भित्रनेको संख्या पनि कम छैन ।

काठमाडौंसँग हवाई संजाल जोडिएका उपत्यका बाहिरका प्रमुख सहरबाट काठमाडौं आउनको लागि प्लेनको टिकट अन्त्यन्त सस्तो छ ।
काठमाडौं देखि धनगढीसम्मको हवाई भाडा सबैभन्दा महंगो छ । यदी तपाई काठमाडौंबाट धनगढी जाने हो फुलपातीको दिनदेखि भने हवाई भाडा १३ हजारसम्म पर्छ । टिकट नपाउन पनि सक्छ । तर,अहिले तपाईले धनगढीदेखि काठमाडौं आउने हो भने ३५ सम्ममा तपाईले प्लेनको टिकट पाउन सक्नुहुन्छ ।

उपत्यका बाहिरबाट मुख्य गरेर धनगढी,नेपालगन्ज,भैरहवा,बिराटनगर तथा झापबाट काठमाडौंबाट आउने प्लेनको टिकट सस्तोमा पाइन्छ ।

जहाज कम्पनीका अधिकारीहरु दशैंमा काठमाडौंबाट बाहिर जाने टिकट महंगो पर्ने भएपनि दशैंको अघिल्लो दिनसम्म काठमाडौं भित्रने टिकट सस्तो मूल्यमा पाइने बताउँछन् । प्लेन कम्पनीको टिकटको न्यूनतम सिमा भने छिटो समय नै परिवर्तन हुने गरेको छ ।


क्लिकमान्डु