केन्याका गाउँ गाउँमा चिनियाँ मोबाइल लोकप्रिय




नैरोबी । चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ ।

धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ मोबाइल फोन लोकप्रिय भएको बताइएको छ ।

ती मोबाइल फोनहरूमा रेडियो सुन्न मिल्ने, अध्याँरोमा बत्ती बाल्न मिल्ने, सामान्य फोटो खिच्न मिल्ने, इन्टरनेट चलाउन मिल्नेलगायतका सुविधा रहेका छन् ।

ग्रामीण क्षेत्रमा फेरो, छि तिगी, छिङलगायतका नामका मोबाइल फोनहरूबाट सर्वसाधारण पर्याप्त परिचित छन् ।

यी मोबाइल फोनहरू अमेरिकी डलर आठदेखि २५ सम्ममा पाइने र त्यो गाँउलेहरूको आम्दानी सुहाउँदो भएको समाचारमा जनाइएको छ ।

केन्याका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी न्यून रहेको छ । त्यसैले उनीहरूमध्ये अधिकाँशले महङ्गो पर्ने मोबाइल फोनहरू भने नकिन्ने गरेको अधिकारीहरूले बताइएका छन् । रासस÷सिन्ह्वा


क्लिकमान्डु