सिद्धार्थ बैंक र कैलाश विकास बैंकमा जागिर खुल्यो




काठमाडौं । सिद्धार्थ बैंक र कैलाश विकास बैंकले कर्मचारी मागेका छन् । यी दुईमध्ये सिद्धार्थ बाणिज्य बैंक हो भने कैलाश विकास बैंक हो ।

सिद्धार्थले मार्केटिङ÷सेल्स अफिसर तथा जुनियर अफिसर मागेको छ । आवश्यक संख्या तोकिएको छैन ।

सिद्धार्थको अफिसरमा जागिर खान चाहनेको ३ बर्षको अनुभव र कम्तिमा स्नातक तहसम्मको अध्ययन गरेको हुनुपर्ने योग्यता तोकिएको छ । यस्तै ३५ बर्षभन्दा बढी उमेर नकटेको ब्यक्ति पनि सिद्धार्थले खोजेको छ ।

जुनियर अफिसरको लागि २ बर्षको अनुभव र स्नातक तहमा कम्तिमा ५० प्रतिशत अंक वा जीपीएमा २.५ ल्याएको हुनुपर्ने बताइएको छ । यस्तै जुनियर अफिसर पदमा आवेदन दिनेको उमेर ३० बर्ष कटेको हुन नहुने बैंकले प्रकाशित गरेको सुचनामा उल्लेख छ । सिद्धार्थ बैंकमा जागिर खान चाहने ब्यक्तिले अक्टोबर १७ अर्थात असोज मसान्तसम्ममा निवेदन लिइसक्नु पर्ने समयसीमा तोकिएको छ ।

यस्तै कैलाश विकास बैंकले बैंकासुरेन्स अफिसर, डिपोजिट रिलेसनशीप अफिसर, रिलेसनशीप अफिसर र अपरेसन इन्चार्ज गरी ४ पदमा कर्मचारीमा गरेको छ ।

बैंकासुरेन्स अफिसर १ जना मागिएको हो । यो पदको लागि पाँच बर्षको अनुभव र स्नातकोत्तर तहसम्मको अध्ययन भएको ब्यक्ति माथिएको छ ।

डिपोजिट रिलेसनशीप अफिरमा पनि १ जना नै मागिएको छ । यो पदको लागि कम्तिमा ५ बर्षको अनुभव भएको र स्नातकोत्तर तहसम्मको अध्ययन भएको ब्यक्ति हुनुपर्नेछ ।

रिलेसनशीप अफिसरमा केही संख्यामा कर्मचारी चाहिएको कैशाल विकास बैंकले जनाएको छ । सो पदका लागि कम्तिमा ४ बर्षको अनुभव भएको र स्नातक तहसम्मको अध्ययन भएको हुनुपर्नेछ ।

अपरेसन इन्चार्जमा बैंकले केही संख्यामा कर्मचारी मागेको छ । यो पदका लागि ३ बर्षको अनुभव र कम्तिमा पनि स्नातक तहसम्मको अध्ययन पूरा भएको हुनुपर्नेछ । कैलाशमा जागिर खान चाहने ब्यक्तिले अक्टोबर १७ अर्थात असोज मसान्तसम्ममा आवेदन दिइसक्नु पर्ने बैंकले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।


क्लिकमान्डु