गुलियो चिनीमा टर्रो खेलः सरकार र ब्यापारी मिले, किसान र उपभोक्ता ठगिए




काठमाडौ. । सरकारको व्यापारिक संस्थाको रुपमा परिचित साल्ट टे«डिङले प्रतिकेजी ७६ रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ ।

दशैका लागि भन्दै उसले सहुलियत पसलमा ७१ रुपैयाँ प्रतिकिलो बिक्री गरेपछि बाणिज्य विभागको हस्तक्षेपले अहिले चिनी विक्री रोकिएको छ ।

उसले बजार मूल्य भन्दा ५ रुपैयाँ सस्तो भएको दावी समेत गरेको छ । तर चिनी उत्पादक उद्योगीहरु प्रतिकेजी ६५ रुपैयाँमा जति पनि चिनी दिन आफूहरु तयार रहेको बताइरहेका छन् । सरकारी स्वामित्वकै निकायले बढी मूल्य लिएर उपभोक्ता ठगी रहदा समेत सरकारी निकाय तै चुप मै चुपको अवस्थामा छन् ।

एकातिर चिनीको मूल्य आकाशिदा उपभोक्ता नराम्ररी मारमा परेका छन् भने अर्कोतिर उखु किसान समेत आफूले बेचेको उखुको मूल्य नपाएर थप पीडित बनेका छन् । किसान र उपभोक्ता एकातिर उखुको मूल्य नपाइने, अर्कोतिर आफैले बेचेको उखुबाट बनेको चिनीको मूल्य समेत बढी तिर्न बाध्य भएका छन् ।

सरकारले चिनी आयातमा परिमाणत्मक बन्देज लगाएको छ । त्यसैको फेरो समातेर व्यापारी र सरकारी संस्था समेतले उपभोक्तामाथि ठगी गरेका छन् । व्यापारीले ८५ रुपैयाँ प्रतिकिलोमा चिनी बेचिरहेका छन् ।

एकातिर चिनीको मूल्य बढी तिर्नु पर्दा उपभोक्ता महंगीको मारमा परेका छन् भने अर्को तिर उखु किसानले भने विगत ४ वर्षदेखि उखुको भुृक्तानी पाएका छैनन् ।

सरकारले मंगलबार मात्रै उखु किसानको बाँकी रकम १५ दिन भित्र भुक्तानी गर्न चिनी उद्योगलाई निर्देशन दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योगले किसानलाई ४ अर्ब ४ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

कुन उद्योगले कति तिर्न बाँकी
एभरेष्ट सुगर मिल ७२ करोड
श्रीराम चिनी उद्योग ३१ करोड
रिलायन्स चिनी उद्योग ४६ करोड
इन्दुशंकर चिनी उद्योग ४१ करोड
लुम्बिनी, वाग्मती र इन्दिरा चिनी उदोग ३५ करोड
अन्नपूर्ण चिनी उद्योग ३५ करोड
हिमाल चिनी उद्योग १६ करोड
उद्योगीबाट पाउने कूल रकम २ अर्ब ७६ करोड
सरकारबाट पाउने अनुदान रकम १ अर्ब २८ करोड


क्लिकमान्डु