प्रभु इन्स्योरेन्स र बयोधा अस्पतालबीच नगदरहित सेवा संझौता



काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेड र बयोधा अस्पताल प्रालिबीच नगद रहितसेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा अस्पताल प्रालिको तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु