सन नेपाल लाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक




काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो ।

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो ।

यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु