नेपाल प्रहरीमा ७ हजारलाई जागिरको अवसरः योग्यता कति, कहाँ कहिलेसम्म दरखास्त दिने ?



काठमाण्डौ । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदहरुमा भर्ना आह्वान गरेको हो ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

जवान पदको दरखास्त सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक पदका लागि न्यूनतम योग्यता
प्रहरी निरीक्षक पदको लागि आवेदन दिदाँ मान्यता प्राप्त विश्व विद्यालयमा कम्तिमा स्नातक तह वा सो सरहको उत्तीर्ण गरेको हुनु पर्नेछ । नैतिक पतनदेखी फौजदारी अभियोगमा सजाय नपाएको हुनु पर्नेछ । मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनमा सजाय नपाएको हुनु पर्नेछ । राजनीति दलको सदस्य नभएको हुनु पर्नेछ ।

उचाई, छाती र तौल पुरुषको हकमा उचाई घटीमा ५ फिट २ ईन्च, तौल ५० किलो र छाती ३१ देखी ३३ को बीचमा रहनु पर्नेछ । यस्तै, महिलाको हकमा भने उचाई घटीमा छ फिट र तौल ४२ केजी हुनु पर्नेछ ।

प्रहरी सहायक निरीक्षकका लागि चाहिने योग्यता
मान्यता प्राप्त विश्व विद्यायलयबाट प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ । यसरी नै प्रहरी निरीक्षकको लागि २० बर्ष उमेर पुगेको तथा २५ बर्ष ननाघेको हुनुपर्नेछ ।

तर, खुल्ला पत्रमा भागलिने प्रहरी सेवाको राजपत्र अनंकित प्रहरीहरुको हकमा ३५ बर्ष ननाघेको र प्रहरी जवान र प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालिम गरेको प्रमाण पत्र पेश गर्नु पर्ने छ ।

साथै, प्रहरी सहायक निरीक्षकका लागि दरखास्त फारम भर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २४ बर्ष ननाघेको हुनुपर्ने छ ।


क्लिकमान्डु