सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा शाखा विस्तार



काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको पृथ्वी चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखाको समुद्घाटन गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनीले हालसम्म गरेको उपलब्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिए ।

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबि फुँयालले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए ।


क्लिकमान्डु