व्यवसायिक कल निगरानीका लागि ‘कल सेवा’



काठमाडौं । व्यवसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको बेला सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रालिले व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ ।

कल सेवा विशुद्ध व्यवसायमा फाइदा पुगोस् भन्ने उद्धेश्यले ल्याइएको कम्पनीले जनाएको छ। कल सेवाको प्रयोगले कुनैपनी संस्थाले आफ्नो संस्था संग सम्वधित सम्पूर्ण फोनकलको सही सदुपयोग भइरहेकोछकी छैन भनेर निगरानी गर्न सकिनेछ ।

कल सेवा प्रयोग गर्न कुनैपनी संस्थाले कम्पनिबाट कल सेवाको एकाउन्ट लिएको हुनुपर्नेछ त्यसपछि सबैभन्दा पहिला कर्मचारीको एन्ड्रोइड मोवाइलमा गुगल प्ले स्टोरबाट “कल सेवा” भन्ने एप डाउनलोड गरेरइन्स्टल गर्नुपर्ने हुन्छ र वेवमा आधारित सिस्टम https://callsewa.com बाट आफ्ना कर्मचारीको प्रोफाइल बनाएर यूजरनेम र पासवर्डबाट कर्मचारीको मोवाइलमा भएको कल सेवा एपबाट लग इन गर्नुपर्ने हुन्छ । यसपछी सम्पूर्ण इन्कमिङ, आउटगोइङ, मिस्ड कलको निगरानी वेवमा आधारित सिस्टमबाट गर्न सकिनेछ ।

‘कल सेवा’ प्रविधिको सहायताले अब कुनैपनि संस्था र कर्मचारीबीचको सम्बन्धमा थप पारदर्शीता ल्याउने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु