सन नेपालद्वारा बैदेशिक रोजगार जीवन बीमालेखको कारोवार प्रारम्भ



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ ।

वैदेशिक रोजगारीको लागी श्रम स्वीकृती लिई जाने कामदारहरुको लागी उमेर र बीमा अवधिको आधारमा एकमुष्ठ बीमा शुल्क लिई दश लाख बराबरको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गरिन्छ ।

जसमा बीमा गर्दा १५ वटा घातक रोगको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु