सन नेपालले गर्यो बीमा जागरण कार्यक्रम




काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

असोज ८ गते बिर्तामोडको अग्रसेन भवनमा, ९ गते इलामको इलाम चोक बजार तथा फिदिमको गणतन्त्रचोक फिदिम बजारमा बीमाको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बीमा जागरण अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

करिव ५सय जनाको उपस्थिति रहेको कार्यक्रमहरुमा कम्पनीका महाप्रवन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बीमा जागरण अभियानको महत्ववारे थप स्पष्ट पारेका थिए ।


क्लिकमान्डु