सन नेपालद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड असोज ६ गते प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसका अनुसार कम्पनीले यही आश्विन ६ गते सामाजिक सेवा दिवसकै अवसरमा कर्मचारी र अभिकर्ताहरुद्धारा काठमाडौमा २९ जना, दाङमा २२ जना, नेपालगंजमा १३ जना, डडेल्धुरामा १५ जना गरी कुल ७९ जनाबाट रक्तदान कार्यक्रम सम्पन्न गरिएको सन नेपालले जनाएको छ ।

कम्पनीले स्थापनाको १ वर्षको अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आसार मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ । यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मूल्यकोे आइपीओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदैछ ।


क्लिकमान्डु