अजोड इन्स्योरेन्स र ब्लुक्रस हस्पिटलबीच सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ब्लुक्रस हस्पिटल बीच औषधोपचार बीमाको लागि नगद रहित (क्यासलेस) बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा ब्लुक्रस हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ मेम्बर कमिटीका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले बिरामी भई ब्लुक्रस हस्पिटलमा औषधोपचार गराउँदा बीमालेखको सिमासम्म छिटो छरितो र सरल तथा ब्यवस्थित रुपमा नगद रहित बीमा सुविधा पाउन सक्ने जानकारी कम्पनीका सहायक महा-प्रबन्धक अनिल अर्यालले जानकारी दिए ।

आषाढ २१ गतेबाट बीमा कारोवार शुरु गरेको अजोड इन्स्योरेन्स लि. प्रविधिमा आधारित बीमा सेवा प्राथमितकता दिएको छ । त्यसै क्रममा उक्त हस्पिटल बीच नगदरहित सेवा उपलब्ध गराएको हो । यो कार्य क्रमिक रुपमा देशैभरका प्रमुख शहरहरुमा रहेका हस्पिटलहरुमा उपलब्ध गराईने बताइएको छ ।


क्लिकमान्डु