बलत्कार बढेको भन्दै सरकारले इन्टरनेटमा पोर्न साइट हेर्न प्रतिबन्ध लगाउने



काठमाडौं । इन्टरनेट मार्फत हेरिने गरेको पोर्न साइटमा सरकारले प्रतिबन्ध लगाउने भएको छ । सरकारले सबै खालका पोर्न साइट तथा अश्लिल सामाग्री प्रकाशन गर्ने वेवसाइटलाई ब्लक गर्ने तयारी गरेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मुलकी अपरा(संहिता) ऐन २०७४ को दाफा १२१ अनुसार यस्ता साइटलाई ब्लक गर्ने तयारी भएको छ ।

यस्ता साइटले नेपाली समाजमा योनजन्य हिंसा र बिकृति बढेको भन्दै सामाजिक सद्भावना खलल पुगेको भन्दै यस्ता खालका वेवसाइट बन्द गर्न दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ ।

विश्वमा ९७ अर्ब अमेरिकी डलरको पोर्न उद्योगको कारोबार हुन्छ । सबैभन्दा बढी हेरिने वेवसाइटमा पोर्न साइटहरु पर्छन् । इन्टरनेटको सहज पहुँचले पोर्न साइट हेर्ने बानीले व्यक्तिको मनोविज्ञानमा असर समेत परेको छ ।


क्लिकमान्डु