नारायणगढमा सानिमा इन्स्योरेन्सको शाखा उद्घाटन



काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स, नारायणगढमा शाखा कार्यालयको असोज ५ गते उद्घाटन भएको छ ।

कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट उद्घाटन भएको हो ।

यस कम्पनीले आ.व. २०७५\०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुर्याउने उदेश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको छ ।


क्लिकमान्डु