कञ्चनले यसरी बाँड्दैछ बोनश सेयर र नगद लाभांस



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ५ गते बसेको संचालक समितिको बैंठकले सो निर्णय गरेको हो ।

बैंकको जारी चुक्ता पूँजीको ५ प्रतिशत बोनश सेयर बराबर २ करोड ५३ लाख रुपैयाँ र ६.२९ प्रतिशत बराबरको नगद लाभांश ३ करोड १८ लाख १४ हजार ७ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारण सभाले अनुमोदन गरे पश्चात वितरण हुने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव बिरुराम जैशीले बताए ।


क्लिकमान्डु