चितवनको कुमरोजमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा



काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असोज ४ गते बिहीबार चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ ।

कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखा अन्तर्गत रहने छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए र यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गरी ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु