नेशनल लाईफ इन्स्योरेन्सले गर्यो बीमा अभिकर्ताको राष्ट्रिय भेला



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत बरिष्ठ अभिकर्ताहरुको लागि २०७५ भाद्र २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ ।

कम्पनीको चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमासम्पन्न भएको सो भेलामा नेपालभरीबाट करिब २५० जनाको सहभागिता रहेको थियो ।

उक्त भेलामा उपस्थित सबै सहभागिहरुलाई कम्पनीका अध्यक्षले प्रमाण पत्र वितरण गरी सम्मान गर्नु हुँदै आ.व २०७४÷७५ मा उत्कृष्ट व्यवसाय गर्नुहुने नेपालगंज शाखामा कार्यरत विजय कुमार पाठक, शंकर लामिछाने, गंगा कुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहज पहुँच पु¥याउने उदेश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको र सो अनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्न बर्गका बालिकाहरुलाई कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले छात्रावृत्ति रकम हस्तान्रण गरिन् ।

कार्यक्रममा भारतबाट आउनु भएका बरिष्ठ प्रशिक्षक दिपक जोशीले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका सभाध्यक्ष एवं कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले चेयरपर्सन कार्यक्रममा छनौट हुन सफल भई सहभागि जनाउनुहुने सम्पुण महानुभावहरुलाई हार्दिक बधाई ज्ञापन गर्नु हुँदै कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत शुरु गरिएको “बालिका शिक्षा योजना” कार्यक्रम नेपालभर नै संचालन गरिने बारेमा पनि जानकारी गराइन् ।


क्लिकमान्डु