सन नेपाल र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे ।

सम्झौता अन्र्तगत जनता बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यको आइपीओ सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।


क्लिकमान्डु