त्रिभुवन विश्वविद्यालयमा ठूलो संख्यामा जागिर खुल्यो, कुन पदमा कति संख्याको माग ?



काठमाडौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुला र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्न विभिन्न विषयका लागि प्राध्यापक र सह–प्राध्यापकको दर्खास्त आह्वान गरेको छ ।

कात्तिक १८ गतेसम्म त्रिवि सेवा आयोगको कार्यालयमा किर्तिपुरमा ५ सय रुपैया राजश्व तिरी आवेदन दिन सकिने त्रिवि सेवा आयोगको कार्यालयले जनाएको छ ।

त्रिवि सेवा आयोगको कार्यालयले सूचना प्रकाशित गरी खुलातर्फ विभिन्न विषयका ११ जना प्राध्यापक माग गरेको छ । त्यसैगरी सह–प्राध्यापकतर्फ विभिन्न विषयका २७ जना माग गरेको छ ।

त्यस्तै एकतह मुनी स्थायी रुपमा कार्यरत शिक्षकहरुबाट आन्तरिक प्रतिपर्धा गराई पदपूर्ति गर्नका लागि समेत आवेदन माग भएको छ । आन्तरिकतर्फ विभिन्न विषयका प्राध्यापक ८९ र सहप्राध्यापक १५२ को लागि आवेदन माग भएको त्रिवि सेवा आयोगको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

बिस्तृत जानकारीको लागि निम्नानुसारको सूचना हेर्नुहोला ।


क्लिकमान्डु