बौद्ध र कलंकीमा खुल्यो लुम्बिनी इन्स्योरेन्सको शाखा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.ले ३८ औं र ३९ औं शाखा काठमाडौंको बौद्ध र कलंकीमा खोलेको छ ।

नयाँ शाखाहरुको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले आज समुद्घाटन गरेका हुन् । आजै कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो ।

उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै  FAIR Underwriting, SMART Claim Services को सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सकिने कम्पनीले बिज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु