केएलमल, नारायणघाटमा खुल्यो सामसुङको आधिकारिक सेवा केन्द्र



काठमाण्डौ । सामसुङको आधिकारिक सेवा केन्द्र नारायणघाटको केएलमलको दोश्रो तल्लाबाट सुरु भएको छ । सो केन्द्रको उद्घाटन आइएमएस सेल्स हेड राम श्रेष्ठ र सर्भिस म्यानेजर कुनाल गुरुङ्गले गरेका हुन् ।

सेवा शुभारम्भ कार्यक्रममा बोल्दै आइएमएस सेल्स हेड श्रेष्ठले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो ।

प्रत्येक सेवा केन्द्रको स्थापनासंगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।


क्लिकमान्डु