एनसीसी बैंक र प्रुडेन्सियल बीच बैंंकास्योरेन्स सम्झौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु