प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेशनलबीच नगद रहित सम्झौता



काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनलहस्पिटलबीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ डाईरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु