हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र मुख्यमन्त्रीले गरे वृक्षारोपण



हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आज वृक्षरोपण गरिएको छ । ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमािण पौडेको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो ।

नेपाल सरकारको एक कर्मचारी एक फलफूलको विरुवा अभियान अन्तर्गत उद्योगले आयोजना गरेको कार्यक्रममा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, ३ नम्बर प्रदेशका सांसद जुनेली श्रेष्ठ, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपाने, महाप्रवन्धक प्रेमशंकर सिंह, पूर्ब सभाषद अनन्त पौडेल, हेटौंडा ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारी लगायतले विभिन्न फलफूलका विरुवाहरु रोपेका थिए ।

हेटौंडा ९ लामसुरेमा रहेको सो जग्गामा ८ सय वटा फलफूलका विरुवा रोपिएको उद्योगले जनाएको छ ।


क्लिकमान्डु