ग्रामीण लघुवित्तको सञ्चालक समिति अध्यक्षमा शाक्य चयन



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति परिवर्तन भएको छ ।

प्रधान कार्यालय बुटबलमा रहेको उक्त लघुवित्तको बैठकबैठकबाट सञ्चालक समितिको अध्यक्षमा पिपुल्स इन्भेष्टमेण्ट कम्पनीका मणिकरत्न शाक्य चयन भएका छन् ।

यस्तै, सञ्चालकमा नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, नेपाल सरकार अर्थ मन्त्रालयबाट सुबप्रसाद रिजाल र नेपाल बंगलादेश बैंकबाट सलोनिका सिंह चयन भएका ।

साथै, सञ्चालकमा समूहको सेयर सदस्यमा जमुना ढकाल, सर्वसाधारणबाट भेषराज कंडेल तथा स्वतन्त्रबाट रमेश दाहाल नियुक्त भएको कम्पनी सचिव दिपकप्रसाद पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु