कृषिमन्त्रीको बयानः मालपोतका कर्मचारीले मध्यरातमा जग्गाको कित्ताकाट गर्दारहेछन्



काठमाडौं । ३ नम्बर प्रदेश सरकारले पनि जग्गा कित्ताकाट बन्द गरेको लामो समय भएको छ । यसबाट खैलाबैला मच्चिएको छ ।

अहिले के हल्ला फैलिएको छ भने –रातिराति व्यापकरुपमा जग्गा कित्ताकाट हुन्छ । यसबारेमा मैले प्रदेशभित्रका मातपोत अधिकृतहरुलाई प्रश्न गरेको छु- मातपोत कार्यालयमा राति राति किन अबैध काम हुन्छ । मातपोतका कर्मचारी सबैभन्दा भ्रष्ट छन् भन्ने प्रश्न बारम्बार उठ्छ, किन ?

पटक पटक मैले आफै प्रदेश ३ भित्रका मातपोत कार्यालय अनुमगन र छड्ने निरीक्षण गरेको छु । काम गर्ने दौरानमा कित्ताकाट रोक्काबाट समस्या पनि आएको छ ।

म एउटा उदाहरण नै दिन्छु- एउटै घरमा १०/१५ जनाको परिवार छ । त्यो परिवारले अब अंशबण्डा गर्ने भन्दै नगरपालिका र गाउँपालिकाको सिफारिस लिएर मेरो जग्गा कित्ताकाट गरिदिनुस् भन्दै आउँछन् । यो कसरी मिलाउने हो, तपाईँले मिलाउनु पर्यो भन्छन् । तर, मैले पनि नीति बेगर गएर काम गर्ने/गराउने कुरा भएन ।

अस्ति हेटौँडामा मलाई एउटाले आज राती ७ करोडको जग्गा पास हुँदैछ भन्यो, यो विषयमा मैले के गर्नु त, अब तपाईँ आफै भन्नुस् भनें ।
कानून भन्दा माथि गएर काम गर्न प्रदेश सरकारले दिंदैन । गैह्र कानूनी कार्य गरे भने कर्मचारीलाई कारवाही गर्न प्रदेश सरकार पछि पर्दैन । यो कित्ताकाटको समस्या बिस्तारै हल हुन्छ होला ।

यसका साथै गुठीका जग्गाको समस्यापनि छ । समाधान गर्ने उपाय के हो ? छलफल गरेर समाधानको बाटो प्रदेश सरकार र भमि व्यवस्था मन्त्रालयले निकाल्ने छ । (राजधानीमा भएको एक कार्यक्रममा राखेको बिचार)


पुष्प दुलाल