नेपालको बैंकिङ्ग इतिहासमा माछापुच्छ्रेले पहिलोपटक सुरु गर्यो आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘मायाँ’



काठमाडौं । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा‘माया’को शुरुवात गरेको छ ।

हाल‘माया’को सेवाबैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायतबैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफपाउन सकिनेछ ।

यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समाआधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनिआफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने छ ।

फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुलेचौबिसै घण्टा सातै दिनआफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिककाशाखा, ए.टि.एम, बैंकले प्रदानगरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धिजानकारी ‘माया’मार्फत पाउन सकिने बैंकले जानकारी गराएको छ ।

यस सेवामार्फत ‘माया’लेहजारौं ग्राहकहरुको लाखौंप्रश्नलाई तुरुन्तविभिन्न स्रोत मार्पmत सूचनाहरुलाई सङ्कलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउन सक्ने क्षमता रहेको बैंकले बताएको छ ।

साथै, उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ्ग क्षेत्रमाप्रयोगमाल्याएको बैंकलेजनाएको छ ।ग्राहकमाझ‘माया’ले सरल, सहज, भरपर्दो तथातुरुन्तजानकारीदिनसक्ने माध्यमको रुपमा बेग्लै परिचयबनाउने विश्वास बैंकलेलिएको छ ।‘माया’सँगअन्तरक्रियागर्न फेसबुक मेसेन्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यू.आर. कोड स्क्यानगनुपर्नेछ ।

बैंकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु