प्रधानन्यायधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन



काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायधीशमा चयन गर्दै संसदीय सुनुवाई समितिमा अनुमोदनका लागि पठाउने निर्णय गरेको थियो ।

यसभन्दा अगाडि प्रधानन्यायधीशमा सिफारिस भएरपनि दिपकराज जोशीको नाम संसदीय सुनुवाई समितिले अस्विकार गरेको थियो । दुईतिहाईले जोशीको नाम अस्विकृत भएपनि मिश्रको नाम भने संसदीय समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

सर्बोच्च अदालतमा गोपाल पराजुलीले शैक्षिक प्रमाणपत्र तथा उमेरहदको विवाद भएपछि बिचमा नै अवकास पाएका थिए । त्यसपछि बरिष्ठताको आधारमा जोशी कामु प्रधानन्यायधीश बनेका थिए । उनको पनि यस्तै प्रमाणपत्र विवाद बाहिर आएको थियो ।

संसदीय सुनुवाईको क्रममा मिश्रले २५ पृष्ठ लामो आफ्नो अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु