पदबहाली गर्दै प्राधिकरण अध्यक्ष दिगम्बर झाले भनेः दुई महिना बिदामा थिए काममा फर्किए



Digambar Jhaकाठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झा दुई महिनाको बिदापछि आफु काममा फर्र्किएको बताएका छन् ।

संचार मन्त्रालयमा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाबाट पद तथा गोपनियताको सपथ लिएपछि झाले प्राधिकरणको कार्यालयमा गएर पदबहाली गरेका थिए ।

‘ म दुई महिनाको बिदामा थिए अफ फर्किए,प्राधिकरणको काम अब अगाडि बढ्छ,’झाले पदबहाली गर्दै भने ।

केपी ओली सरकारले आफैले असक्षम भनेर हटाएको झालाई पुनः प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

२०६८ सालमा डा बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा झा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । उनको योग्यता नपुग्दै भन्दै सर्बोच्च नियुक्ती रोक्न अन्तरिम आदेश दिएपछि दुईवर्षसम्म अध्यक्ष बन्न सकेनन् ।

पछि सर्बोच्चले बाटो खोलिदिएपछि उनी अध्यक्ष बनेका थिए । चुनाव अगाडि देउवा सरकारले उनलाई ५ वर्षसम्मको लागि प्राधिकरणको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

ओली सरकारले एकमुष्ट देउवा सरकारले नियुक्ती खारेज गर्दा झाको पनि पद गएको थियो । सरकारको विरोधमा सर्बोच्च पुगेर अन्तरिम आदेश जारी भएपछि झाले मुद्दा फिर्ता लिएका थिए ।

ओली सरकारले बिहीबार झालाई ५ वर्षसम्मको लागि अध्यक्षमा नियुक्त गरेको हो । टेलिफोन तथा इन्टरनेट सेवाको नियामकको रुपमा प्राधिकरण रहने व्यवस्था छ ।


क्लिकमान्डु