सननेपालद्वारा ३ लाख बिमाङ्क रकम हस्तान्तरण



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भैरहवामा आयोजित कार्यक्रममा मृत्युदावी भुक्तानी दिएको छ ।

२०७४ पुस ९ गते प्रथम बिमा शुल्क २० हजार ३ सय ३३ जम्मा गरी कम्पनीमा बिमा गराएका बिमित नवराज भट्टराईको २०७५ असार १५ गते कालगतिले मृत्यु भएकोे थियो ।

मृतकको श्रीमती देउकुमारी शर्मा न्यौपानेलाई बिमाङ्क बराबरको रकम ३ लाख रुपैयाँ एक समारोहबीच कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।


क्लिकमान्डु