बोनस सेयर तथा नगद लाभांस दिदै जानकी फाइनान्स



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयर धनीहरुलाई बोनस सेयर तथा नगद लाभांस दिने भएको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

आर्थिक बर्ष २०७४\७५ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशतका दरले बोनस सेयर तथा १ दशमलव १६ प्रतिशतका दरले नगद लाभांश दिने कम्पनीले जनाएको छ ।

सो बोनस सेयर तथा नगद लाभांश दिने निर्णय स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक, वित्त कम्पनी सुपरीवेक्षण विभागमा पठाएको महाप्रबन्धक रजनीशकुमार सिंहले जानकारी दिए ।


क्लिकमान्डु