६० वटा निर्माण कम्पनी खारेज, यी हुन् खारेज भएका कम्पनी (नामावली सहित)




काठमाडौं । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले ६० वटा निर्माण व्यवसाय कम्पनी खारेज गरेको छ । मन्त्रालयले म्याद भित्र निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगरेको भन्दै विभिन्न ६० कम्पनी खारेज गरेको हो ।

मन्त्रालयले २५ वटा जिल्लाका विभिन्न निर्माण व्यवसाय कम्पनीहरु खारेज गरेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मुस्ताङ, सोलु, मोरङ, मकवानपुर, धनकुटा, इलाम, सप्तरी, नवलपरासी, चितवन, सिन्धुपालचोक, रोल्पा, झापा, धादिङ, कैलाली, पाँचथर, दाङ, संखुवासभा र नुवाकोट लगायतका जिल्लाहरुमा रहेको निर्माण कम्पनीको व्यवसाय खारेज गरिएको हो ।

काठमाडौंमा रहेका २० वटा भन्दा बढी निर्माण कम्पनीहरु खारेजीमा परेका छन् ।
मन्त्रालयले काठमाण्डौका योङ शेर्पा कन्स्ट्रक्सन कम्पनी, एल.पि. एण्ड लामा कन्स्ट्रक्सन, सी.एल.एस कन्स्ट्रक्सन, मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर, नेत्र प्रकाश कन्स्ट्रक्सन, एलिजा कन्स्ट्रक्सन, काजिमा कन्स्ट्रक्सन, श्रृजन विल्डर्स, वि.डि. कन्स्ट्रक्सन, ब्राइट कन्स्ट्रक्सन, निर्माण कन्स्ट्रक्सन कम्पनी खारेज गरेको छ ।

त्यसैगरी, डावाङ सम्देन लामा निर्माण सेवा, वैदेही इक्यूप्मेण्टस एण्ड कन्स्ट्रक्सन, वाई वाई शेर्पा कन्स्ट्रक्सन कम्पनी, श्याम एण्ड स्वस्तिक कन्स्ट्रक्सन कम्पनी, गौरव कन्स्ट्रक्सन, नेशन विल्डर्स, बिनम निर्माण सेवा, लोप्चन कन्स्ट्रक्सन र शुभ आरम्भ वुल्डर्स एण्ड सप्लायर्स कम्पनीहरुको व्यवसाय खारेज गरिएको हो ।

यस्तै, भक्तपुर र ललितपुरका २\२ निर्माण कम्पनीहरु खारेज भएका छन् । भक्तपुरका देउजा विल्डर्स र श्रेष्ठ कन्स्ट्रक्सनको इजाजत पत्र नवीकरण नभएकाले कारण खारेज गरिएको हो ।

ललितपुरको श्याम बावु निर्माण सेवा र मच्छिन्द्र फर्म एण्ड इलेक्ट्रोनिकल कम्पनी खारेज गरिएको हो ।

यस्तै, उपत्यका बाहिरका खारेज भएका निर्माण कम्पनीहरुमा थोङता कन्स्ट्रक्सन, चन्द्रायण निर्माण सेवा, श्री ओम कन्स्ट्रक्सन, सगर कन्स्ट्रक्सन कम्पनी, कन्स्ट्रक्सन कन्र्सन, श्याम निर्माण सेवा, निशान कन्स्ट्रक्सन, मुनलाइट कन्स्ट्रक्सन, लक्ष्मी निर्माण सेवा, अमरेन्द्र निर्माण सेवा, गीता कन्स्ट्रक्सन, देउराली एण्ड इन्दिरा निर्माण सेवा, प्रयाग एण्ड प्रगति कन्स्ट्रक्सन, मुनिल कन्स्ट्रक्सन कम्पनी, सेर्क कन्स्ट्रक्सन रहेका छन् ।

यसैगरी शिवओम निर्माण सेवा, रम्बा एण्ड मालिका कन्स्ट्रक्सन, चेतनश्लि कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शक्ति कन्स्ट्रक्सन, झरना निर्माण सेवा, बाँडा कन्स्ट्रक्सन, सुरुचि कन्स्ट्रक्सन, जोरसाल निर्माण सेवा, रोशन विल्डर्स, इभा निर्माण सेवा, नेशन विल्डर्स, ऋचा निर्माण सेवा, राप्ती कन्स्ट्रक्सन, सुपर योञ्जन निर्माण सेवा, प्रविन कन्स्ट्रक्सन, सन्देश निर्माण सेवा, शीतलचन्द्र कन्स्ट्रक्सन र रुवि टेक्निकल कन्स्ट्रक्सन कम्पनीहरु खारेज भएका हुन् ।


क्लिकमान्डु