चितवनको नारायणगढमा ज्योति विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लि.ले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

भरतपुर महानगरपालिका वडा नं ३, नारायणगढ, चितवनमा रहेको उक्त शाखा प्रमुख अथिति उद्योग बाणिज्य महासंघ, नारायणगढका अध्यक्ष सहनलाल प्रधान तथा बैंकका अध्यक्ष हरीचद्र खड्काद्वारा एक कार्यक्रमबीच नयाँ शाखा उद्घाटन गरिएको हो ।

उक्त अवसरमा कार्यत्रमका प्रमुख अतिथी सहनलाल प्रधानले ज्योति बिकास बंैकको लगानी उत्पादनमुलक क्षेत्रमा होस् भन्नु हुँदै प्रोजेक्ट सफल हुन बैंकको सहयोग आबश्यक हुने बताए । साथै उनले ज्योति बिकास बैंकको ब्यबसायिक सफलताको कामना गरे ।

त्यसैगरी बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापति हरिचन्द्र खड्काले बैंकले लघु कर्जादेखि हाइड्रो पावरको लागि ठूला कर्जा समेत लगानी गरी रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहनलाई समेत महत्व दिएको ज्योति बिकास बैकले ग्रामीण क्षेत्रमा समेत थप शाखा कार्यालय खोल्न गइरहेको बताए ।


क्लिकमान्डु