शसस्त्र प्रहरीमा २ हजार जनाको जागिर खुल्यो, कहाँ दिने आवेदन ?



काठमाण्डौ । शसस्त्र प्रहरी बलमा ठूलो संख्यामा जागरिको अवसर खुलेको छ । २ हजार ४० जना प्रहरी शसस्त्रले माग गरेको हो । हिजोमात्र नेपाली सेनामा २ सयलाई अधिकृत पद जागिर खुलेको थियो ।

सशस्त्र प्रहरी वलद्वारा प्रकाशित सूचनामा १ हजार ९ सय ३६ जना प्रहरी जवान माग गरिएको उल्लेख छ । त्यसैगरी प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकतर्फ माग भएको हो ।

शसस्त्रमा जागरिका लागि भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

कहाँ आवेदन दिने ?

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, १ नम्बर बाहिनी पकली सुनसरी, २ नम्बर बाहिनी बर्दिबास महोत्तरी, ४ नम्बर बाहिनी पोखरा, ६ नम्बर ६ बाहिनी बाङ्गेसिमल सुर्खेत, ७ नम्बर ७ बाहिनी अत्तरिया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पनि जागिरका लागि आवेदन दिन पाइनेछ ।

योग्यता कति चाहिन्छ ?
जवानको लागि न्युनतम ८ कक्षा र न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनु पर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको पर्ने शसस्त्र प्रहरीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

 


क्लिकमान्डु