अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस, वित्त आयोगमा निर्णय भएन



। संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यबहाक प्रमुख आयुक्त नविन घिमिरेको नाम सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को बुधबार बिहान बसेको बैठकले पूर्वसचिव समेत रहेका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय गरेको हो ।
तर,गठन भएदेखिनै रित्त रहेको प्राकृतिक स्रोत तथा वित्त आयोगमा भने कुनै निर्णय भएन ।

प्राकृतिक तथा वित्त आयोगले पूर्णता नपाउदा यसको काम कारवाही प्रभावित बनेको छ ।

अख्तियारमा दीप बस्न्यातले गत फागुनमा प्रमुख आयुक्तबाट अवकास पाएपछि बरिष्ठताको आधारमा घिमिरेले कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समालिरहेका थिए ।


क्लिकमान्डु