सिटिजन लाइफइन्स्योरेन्सले कर्मचारीलाई उत्पेरित गरायो



काठमाण्डौ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले होटेल याक एण्ड यतीमा सिटिजन लाइफ बिजनेस अवार्डस नाइट कार्यक्रम आयोजना गरेको छ ।

देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई विभिन्न बिधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बास्डरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उत्कृष्ट पाँच शाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो । साथै कार्यक्रममा कम्पनीका सिएमओ कवि फुयालले कम्पनीले आगामी दिनहरुका लागि बोकेको लक्ष्यबारे पनि जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका ब्राण्ड एम्बास्डरद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आ–आफ्नो मन्तव्य मार्फत कर्मचारीहरुलाई उत्प्रेरित गरेका थिए ।


क्लिकमान्डु