गरिमा विकास बैंक र यूनियन लाईफबीच बैंकान्स्योरेन्स संझौता



काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र यूनियनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

समझदारी पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनियनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेठका तर्फबाट सो कम्पनीका प्रमूख कार्यकारी अधिकृत मनोजकूमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पुर्ण शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्नेछन् ।


क्लिकमान्डु